
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निशुल्क तिर्न सकिने भएको छ । यो सुविधा असार २२ गते मंगलबारदेखि असार मसान्तसम्म लागु हुनेछ । यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उदेश्यले यो सुविधा दिइएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए।
उनले भने ‘इसेवाले जहिले पनि प्रयोगकर्ताहरूको हितमा काम गरिरहेको हुन्छ । अहिले कोभिड महामारीको अवस्था छ । अहिले असार मसान्त भएको हुनाले बैंकको किस्ता तिर्नुपर्ने पनि हुन सक्छ । अर्को तर्फ डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा थोरै भएपनि लाभ होस् भन्ने उदेश्यले हामीले निशुल्क किस्ता तिर्न सकिने सुविधा दिएका हौँ ।
मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्