×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थाहा पाउनुभयो ? धेरैपछि काठमाडौँमा भूकम्पको धक्का महसुस

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

थाहा पाउनुभयो ? धेरैपछि काठमाडौँमा भूकम्पको धक्का महसुस

८ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । धेरैपछी काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ ।  बिहान ७:५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  यसअघि गत असार २१ गते बिहान ६:३२ मिनेटमा पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको थियो । उक्त भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वरमा भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको थियो ।

केन्द्रकाअनुसार २०७२ को गोरखा भूकम्पपछि साना ठूला परकम्पनहरू गइरहेका छन् । २०७२ सालपछी गएका अधिकांस धक्काहरु नयाँ भूकम्प नभई परकम्पन भएको पनि केन्द्रको दाबी छ ।

आज गएको भूकम्प भने काठमाडौँबासीका लागि सानै भएपनि सम्झनयोग्य छ । किनकि यो कम्पनको केन्द्रबिन्दु टाढा नभएर भक्तपुर नै छ । भक्तपुरमा धक्का अलि ठुलो महसुस गरिएको थियो भने काठमाडौँ, ललितपुर लगायतका ठाउँमा भूकम्पको अलि ठुलोझैं लाग्ने धक्का महसुस भएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: