काठमाडौं । डिजिटल रेमिट्यान्स्को इसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स् कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानीमा सम्झौता भएको छ । यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन अझ सहज भएको छ ।
कुवेतमा रहेका नेपालीहरूले कुवेत इण्डिया इन्टरनेशनल मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा कम लागतमा रकम पठाउन सक्नेछन् । साथै कुवेतमा रहेका कुवेत इण्डिया इन्टरनेशनलका ८ वटा शाखा तथा मोबाईल भ्यान मार्फत पनि नगद रेमिट्यान्स् पठाउन सकिन्छ । मोबाईल भ्यान रकम पठाउने व्यक्तिको घर घरमा पुग्नेछ । उक्त रकम नेपालमा रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कमार्फत प्राप्त गर्न सकिन्छ भने सिधै इसेवा खातामा लोड गर्न पनि सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्