×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १४ करोड १५ लाख नाफा आर्जन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १४ करोड १५ लाख नाफा आर्जन

Artha Sarokar

४ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा आउँदा खुद नाफा १.२८% ले बढाएर १४ करोड १५ लाख २८ हजार रुपैयाँ कमाएको हो । कम्पनीले गत वर्षको यसैअवधिमा भने १३ करोड ९७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चौथो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३१ पैसाले घटेर १६ रुपैयाँ १४ पैसामा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९५ पैसा छ । ६ लाख ९९ हजार रुपैयाँ राइट ब्याक गरेको छ । यता कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बढोत्तरी भएको छ । खुद ब्याज आम्दानी १८.१०% ले बढेर २६ करोड ४७ लाख ७४ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा ५.२८% ले बढेर २२ करोड ५१ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी