×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनरल इन्स्योरेन्स कम्पनी नेपालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, संचालकमा दुई जना निर्विरोध निर्वाचित

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आ.व. २०७६/२०७७ को तेस्रो वार्षिक साधारणसभा मिति २०७८ आषाढ २१ गते सोमबारका दिन केन्द्रीय कार्यालयमा बिहान ११ः०० बजे सुरु भई १२:१० मा सम्पन्न भएको छ ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत हुने कम्पनीको आ.व २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को, २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सम्वन्धी विवरण, आ.व.२०७७/०७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोकेको छ ।
सभाले सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने संचालकमा सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडे निर्विरोध निर्वाचित गरेको छ भने कोभिड-१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने समेत जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: