×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गर्यो, ८१ रुपैयाँसम्म बोनस पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गुराँस लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गर्यो, ८१ रुपैयाँसम्म बोनस पाइने

Artha Sarokar

३ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण बीमा समितिबाट असार २८ गते स्वीकृति भए सँगै बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ८१ रुपैयाँसम्म बोनस दर दिने निर्णय गरेको हो । कम्पनीका अनुसार सावधिक जीवन बीमालेख र बालबालिकाको सवाधिक बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ४२ रुपैयाँदेखि ७७ रुपैयाँसम्म पाउनेछन् ।
यस्तै कम्पनीको सावधिक तथा आजीवन बीमालेखमा बीमितले प्रति हजार ५१ रुपैयाँदेखि ८१ रुपैयाँसम्म सावधिक बीमालेख अन्तर्गत बीमितले बीमा अवधिअनुसार ४१ रुपैयाँदेखि ५१ रुपैयाँ र गुराँस सुरक्षित भविष्य जीवन बीमालेखमा बीमा अवधि अनुसार बीमितले प्रतिहजार २३ रुपैयाँदेखि ४० रुपैयाँसम्म पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी