×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेटौँडा अस्पताललाई तीन वटा डायलासिस मेसिन हस्तान्तरण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हेटौँडा अस्पताललाई तीन वटा डायलासिस मेसिन हस्तान्तरण

२५ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पताललाई तीन वटा डायलासिस मेसिन उपलब्ध गराइएको छ । हेटौँडा उपमहानगरपालिका र रोटरी क्लब अफ मकवानपुरको सहकार्यमा अस्पताललाई तीन वटा डायलासिस मेसिन उपलब्ध गराइएको हो । ती तीन वटा मेसिन खरीद गर्न उपमहानगरपालिकाले १६ लाख ५० हजार सहयोग गरेको र बाँकी रकम रोटरीले उपलब्ध गराएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।
हेटौँडा अस्पतालमा पछिल्लो पटक सेवा विस्तारसँगै मिर्गौलाको समस्यासम्बन्धी बिरामीलाई डायलासिस गराउन अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ । उपमहानगरपालिकाको सहयोगमा यस अस्पतालमा मिर्गौलाको समस्यासम्बन्धी बिरामीको डायलासिस हुँदै आएको छ । वाग्मती प्रदेश सरकार मातहत रहेको यस अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालन हुँदै आएको छ । अस्पतालले पछिल्लोपटक सेवा विस्तार गरी जटिल प्रकृतिका विभिन्न शल्यक्रियासमेत शुरु गरेको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: