×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कन्सूलरहरुको डिनमा गोल्छा नियुक्त, चौधरीको विदाई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कन्सूलरहरुको डिनमा गोल्छा नियुक्त, चौधरीको विदाई

Artha Sarokar

१० श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालस्थित कन्सूलरहरुको छाता संगठन अनररी कन्सूलर र्कप्स-नेपाल (एचसीसी-एन) मा नयाँ डिन चयन गरिएको छ । नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूत बसन्त कुमार चौधरीको एक वर्षे कार्यकालको समाप्तिसँगै आगामी एक वर्षका लागि एचसीसी-एनको डिनमा लोकमान्य गोल्छा चयन भएका हुन् । उनी पोल्याण्डका लागि अवैतिनक महावाणिज्यदूत तथा गोल्छा अर्गनाइजेसनका अध्यक्षसमेत हुन् ।

एचसीसी-एनको १४औं ‘चार्टर्ड डे’को अवसरमा शुक्रबार आयोजित एक औपचारिक समारोहकाबीच तत्कालीन डिन चौधरीले गोल्छालाई पद हस्तान्तरण गरेका हुन् । एचसीसी-एनले प्रत्येक वर्षको जुलाई २३ का दिन ‘चार्टर्ड डे’ मनाउँदै आएको छ । सोही दिन एचसीसी-एन डिनको पद पनि हस्तान्तरण गर्ने प्रचलन रहेको छ ।  सन् २००७ मा कन्सूलरहरुबीच मित्रवत व्यवहार स्थापना, आपसी समझदारी तथा हित र सदस्यहरुबीच सूचना आदानप्रदान लगायतका उद्देश्य राखी एचसीसी-एन गठन भएको थियो । एचसीसी-एनको पहिलो डिनको रुपमा स्वीडेनका लागि कन्सूल जनरल गजेन्द्रबहादुर श्रेष्ठ चयन भएका थिए । नियुक्तिको हिसाबले वरिष्ठताका आधारमा कन्सूलरहरुले एचसीसी-एनमा डिनको रुपमा काम गर्ने अवसर पाउने गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी