×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हल्ट प्राइज प्रतियोगिता’ मा नेपाली विद्यार्थीको प्रदर्शन, च्याउ उत्पादन गर्ने मेसिन बनाएर ४२औं स्थानमा उक्लियो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘हल्ट प्राइज प्रतियोगिता’ मा नेपाली विद्यार्थीको प्रदर्शन, च्याउ उत्पादन गर्ने मेसिन बनाएर ४२औं स्थानमा उक्लियो

२३ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । विद्यार्थीहरुका लागि नोबेल पुरस्कारको रुपमा चिनिएको विश्व प्रसिद्ध ‘हल्ट प्राइज प्रतियोगिता’मा नेपालका विद्यार्थी ४२ औं स्थानमा उक्लिएका छन् । उनीहरुले च्याउ उत्पादन गर्ने मेसिन ‘मशूर’ बनाएका हुन् ।
हल्ट प्राइजमा यस वर्षको थिम ‘हल्ट प्राइज २०२१ फूड फर गुड’ राखिएको छ । प्रतियोगितामा हरेक देशका विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका नयाँ प्रविधिबीच प्रतिस्पर्धा गराइन्छ । यस वर्ष विश्वभरका १ सय २१ देशबाट ३ सय भन्दा बढी विश्वविद्यालयका ३ लाख बढी विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका छन् । विद्यार्थीहरुका लागि विश्वमै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा लिएको यस प्रतियोगितामा प्रथम हुने विद्यार्थीले दश लाख अमेरिकी डलर बराबरको पुरस्कार पाउनेछन् ।
पुल्चोक क्याम्पसमा अध्ययनरत चार विद्यार्थी शिशिर पन्त, प्रशान्त भट्ट, निर्देश भट्टराई र सोनी पोखरेलले च्याउ खेति गर्ने नयाँ प्रविधिको विकास गरेका हुन् । उनीहरुले विकास गरेको प्रणाली अन्तर्गत घरमै च्याउ फलाउने, फलाएर व्यापार तथा आयआर्जन गर्न सकिने र परम्परागत च्याउ खेती गरिहेकाहरुलाई सहजता हुने बताइएको छ । उनीहरुका अनुसार पारिवारिक आवश्यकतालाई मध्यनजर गरी प्रति महिना ८ केजी र व्यापारिक तथा पेशागत कृषिलाई ध्यानमा राख्दै प्रति महिना ३६ केजीसम्म च्याउ उत्पादन गर्न सकिने मेशिनको विकास गरिएको हो । स्मार्ट प्रविधिमार्फत् त्यसभित्रको हावापानी नियन्त्रण गर्न सकिने र मेशिनको उपयोग गरी बाह्रै महिना उत्पादन गर्न सकिने उनीहरुको दाबी छ । यस घरेलु खेती प्रणलीलाई हाल काठमाडौँ उपत्यकामा सञ्चालन गर्ने उनीहरुको तयारी छ भने निटक भविष्यमै यस उपत्यका बाहिर लैजाने उनीहरुको सोच छ ।
मशूर नाम दिइएको यो प्रविधि काठमाडौँमा आयोजित ‘काठमाण्डू इम्प्याक्ट समिट’ प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको हो । यस वर्षको ‘हल्ट प्राइज टप ४२’ भित्र प्रवेश गरेको मशूरले फाइनल प्रतिस्पर्धा आगामी अगष्ट ८ मा लन्डनमा गर्दैछ । सो प्रतियोगितामा सहभागी हुनका लागि विद्यार्थीहरुले अन्तिम तयारी गर्दैछन् । तर, ट्राभल र क्वारिन्टीनको खर्च आफैले बेहोर्नु पर्ने भएकाले विद्यार्थीहरुले आम नागरिक समक्ष सहयोगको समेत अपील गरेको छ । इच्छुकले निम्न माध्यामबाट सहयोग गर्न सक्नुहुने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: