×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरापालिकाबीच सम्झौता, भौतिक सम्पत्तिदेखि व्यक्तिसम्मको दुर्घटना बीमा गराउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरापालिकाबीच सम्झौता, भौतिक सम्पत्तिदेखि व्यक्तिसम्मको दुर्घटना बीमा गराउने

Artha Sarokar

१७ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिकाबीच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाको तर्फबाट नगर प्रमुख सुवर्ण श्रेष्ठले उक्त सम्झौतापत्रमा पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता पश्चात शंखरापुर नगरपालिकामा रहेका सम्पूर्ण कृषक दाजु भाई तथा दिदी बहिनीहरुले आफनो पशुपन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्न सक्नेछन् । यस्तै नगरवासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने प्रतिवद्धता सहित काठमाडौं जिल्लामा नै नमूना नगरपालिकाको रुपमा आफूलाई स्थापित गरेको छ ।
सोही अवसरमा नगर प्रमुख सुवर्ण श्रेष्ठले आफूले आफ्ना नगरावासी कृषक दाजुभाई तथा दिदी बहिनीहरुको पशुपन्छी, बालिनालीको बीमा पश्चात कुनै कृषक दाजुभाई तथा दिदी बहिनीको बीमा गरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले अफ्नो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशुपन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन पढाउन अनुरोध गरेका छन् ।
साथै यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीहरुलाई सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले शंखरापुर नगरपालीकाले आफ्ना नगरवासी लगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुनेगरी कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
यस्तैगरी आफ्ना नगरवासीहरुको सम्पत्तिको बीमा गराएर सुरक्षित बनाउन उत्प्रेरकको भुमिका निर्वाह गरी सराहनीय कार्य गरेकोमा नगर प्रमुख सुवर्ण श्रेष्ठ, प्रमुख प्रसासकिय अधिकृत लेखनाथ न्यौपाने लगायत नगरपालिकाको टिमलाई धन्यवाद दिँदै नगरवासीहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुने हुनाले ढुक्क भएर सेवा लिन कम्पनीले आव्हान गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी