
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारणसभा सम्पन्न गरेको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय गैडाकोटमा सम्पन्न भएको हो । सभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ । नेपाल एग्रो लघुवित्तको १०० कित्ता सेयर बराबर इन्फिनिटी लघुवित्तको ९८ कित्ता सेयर (१ः९८) दिने गरी प्रस्ताव पनि पारित भएको हो । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न गत माघ २६ गते दुवै पक्षबीच भएको सहमतिलाई नेपाल राष्ट्र बैंकबाट मिति जेठ ११ गते सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ ।
त्यस्तै सभाले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने प्रयोजनका लागि गठित संयुक्त मर्जर वा प्राप्ति समितिबाट नियुक्त लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन, नियमनकारी निकायहरुबाट प्राप्त सुझाव एवम् निर्देशन बमोजिम प्राप्ति सम्बन्धी गर्नुपर्ने थपघट तथा आवश्यक संशोधन लगायत सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, नेपाल एग्रोलाई प्राप्ति गरे पश्चात संस्थाको जारी तथा चुक्ता पूँजीमा वृद्धि हुने भएकोले सोही बमोजिम संस्थाको प्रबन्धपत्रमा संशोधन गरी जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्