
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बीमा समितिले थप नयाँ कम्पनीलाई इजाजत दिने विषयमा कुनै पनि निर्णय नभएको जनाएको छ । समितिले एक विज्ञप्ति जारी गर्दै केहि दिनयता विभिन्न अनलाइन तथा पत्रपत्रिकाहरुमा थप नयाँ कम्पनीलाई लाइसेन्स दिन लागेको भनि आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
समितिले नयाँ बीमा, निर्जीवन बीमा र लघु बीमा कम्पनीहरूको लागी लाइसेन्स वितरण गर्ने तयारीमा रहेको भन्ने समाचारहरूप्रति आपत्ति जनाएको हो । समितिको विज्ञप्तिमा ‘यसरी प्रकाशित समाचारहरू असत्य, भ्रामक र कपोलकल्पित रहेका र यी समाचारहरू समितिलाई विवादमा पार्ने मनसायले प्रेरित रहेको देखिन्छ।’ उल्लेख छ । साथै समितिले यस प्रकारका समाचारहरू प्रकाशित र नगर्न अनलाइन तथा पत्रिकालाई अनुरोधसमेत गरेको छ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्