×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्य भोटेकोशी जलविद्युतको आईपीओ कति पर्यो आवेदन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

मध्य भोटेकोशी जलविद्युतको आईपीओ कति पर्यो आवेदन ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा ७ हजार ५८६ जनाले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बिहिबारसम्ममा ७ हजार ५८६ जनाले १६ लाख ४७ हजार ७६१ कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले गत साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५,बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि १८ लाख कित्ता र माथि उल्लेखित स्थानीयबाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आईपीओ छुट्याएको छ ।
लगानीकर्ताले आगामी साउन १७ गतेसम्म न्यूनतम ५० कित्तादेखि ४०० कित्तासम्ममा आवेदन दिन सक्नेछन् । उक्त समयमा मागअनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ । सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौमा सात वटा संकलन केन्दबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिने छ । साथै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आईपीओमा आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: