×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मनकामना स्मार्ट लघुवित्तको ३ करोड ८९ लाख रुपैयाँको ३ लाख ८९ हजार कित्ता आईपीओ बिक्री खुला, कहिलेसम्म भर्न पाईन्छ ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आज बिहिबारदेखि आईपीओ बिक्रीमा ल्याएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको हो । जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ ।
लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने कम्पनीको आईपीओमा छिटोमा असार २१ गतेसम्म र ढिलोमा ३१ गतेसम्म आवेदन गर्न सकिनेछ। आईपीओमा अनलाईनमार्फत मेरो सेयरबाट आवेदन दिन सकिनेछ ।
साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: