×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मनकामना स्मार्ट आइपीओ तपाईलाई पर्यो की परेन ? यी चार स्थानबाट हेर्नुहोस् रिजल्ट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा कम्पनीको आइपीओ बाँडफाँड भएको हो । आइपीओको रिजल्ट एनएमबि क्यापिटलको वेबसाइट (https://www.nmbcl.com.np/) मेरो सेयर (https://meroshare.cdsc.com.np/#/login), मनकामना स्मार्ट लघुवित्तको वेबसाइट (https://www.manakamanalbs.com/) तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट (https://nchl.com.np/) बाट हेर्न सकिनेछ ।
गोलाप्रथामार्फत ३६ हजार ३४९ जनाले १० कित्ता कम्पनीको आइपीओ पाएका छन् । साथै २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले सर्वसाधारणलाई ३ लाख ६३ हजार ४९२ कित्ता सेयर बाँडफाँड गरेको हो । यस कम्पनीले १७ गतेदेखि २१ गतेसम्म कुल ३ लाख ८९ कित्ता आइपीओ निष्कासन गरेकामा ०.५% अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५% ले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको थियो ।
यो आइपीओमा रितपूर्वक आवेदन दिएका १९ लाख ५१ हजार ५२१ जना सर्वसााधारणलाई गोलाप्रथामा सहभागी गराइएको थियो भने २० लाख ३६ हजार २ सय ४५ जनाले २ अर्ब ६५ करोड ७४ लाख रुपियाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ताको आवेदन परेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: