
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आइपीओ बाँडफाँड भएको जनाएको हो । ५ लाख ८० हजार ५०० जना आवेदकले १० कित्ताका दरले कम्पनीको आइपिओ पाएका छन् ।
कम्पनीको आइपीओमा आवेदन दिएका कुल २१ लाख ८२ हजार ७७५ जनामध्ये २१ लाख १२ हजार ७९९ को आवेदन मात्र योग्य ठहरिएको थियो । सोही योग्य आवेदनलाई गोलाप्रथामा सहभागी गराइएको हो । कुल आवेदनमध्ये ४ हजार ८०१ जनाले दोहोरो आवेदन दिएका कारण आवेदन रद्द भएको थियो ।
यस्तै अन्य कारणबाट ६५ हजार १७५ जनाको आवेदन रद्द भएको छ । कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको थियो । आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्