
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा कम्पनीको आइपीओ बाँडफाँड भएको हो । गोलाप्रथाबाट १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले सेयर पाएका छन भने भाग्यमानी ५ जनालाई ११ कित्ताका दरले सेयर परेको छ ।
२० लाख ८७ हजार ३१७ जनाको अवोदन परेकोमा ६९ हजार ९ जनाको आवेदन रद्द भएको छ । योग्य लगानीकर्ता २० लाख १८ हजार ३०८ जना रहेका छन् ।
कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारी र ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डका लागि छुट्याएको थियो । बाँकी रहेको कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था गरेको थियो ।
आइपीओको नतिजा एनएमबि क्यापिटलको वेबसाइट, मेरो सेयर र जीवन विकास लघुवित्तको वेबसाइट वा सिडिएससीको आइपीओ रिजल्ट हेर्ने वेबसाइट पनि हेर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्