×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ज्योति विकास बैंकको १ अर्ब ५० करोड रुपैयाँको १५ लाख इकाई बोन्ड आइतबारदेखि बिक्री खुला, कति पाईन्छ ब्याज ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्योति विकास बैंकले आज आइतबारदेखि १५ लाख इकाई बोन्ड बिक्री खुला गरेको छ । बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई बोन्ड वार्षिक ९% ब्याजदरमा बिक्री खुला गरेको हो । २०८७ मा परिपक्क हुने गरी ज्योतिले ‘९%, १० वर्ष, ज्योति विकास बैंक बोन्ड २०८७’ बिक्री गरेको हो । 
बैंकले १५ लाख इकाईमध्ये ६ लाख इकाईमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ भने बाँकी ९ लाख इकाईआफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । लगानीकर्ताले प्रतिइकाई १ हजार रुपैयाँको दरले असार २३ गतेसम्म यसमा आवेदन दिन सक्नेछन् ।
सो अवधिमा सबै बोन्ड बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन पाइनेछ । बोन्ड जारी गर्न ज्योतिले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: