Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंकको १३औं वार्षिकोत्सव सम्पन्न, राष्ट्रिय आविष्कार केन्द्रलाई १० लाख सहयोग

अर्थ सरोकार

काठमाडौं । ज्योति विकास बैंकको १३औं वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकको श्रावण ९ गते शनिबारको दिन  १३औं वार्षिकोत्सव सम्पन्न भएको हो । बैंकले कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलपोखरीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव मनाएको हो ।

बैंकले १३औं वार्षिकोत्सवको अवसरमा ‘ज्योति परिवर्तनकारी कर्जा’ नामक कर्जा योजना सार्वजनिक गरेको छ । उद्यमशील समाजको परिकल्पना गर्दै साना तथा मझौला व्यवसायलाई समेत समेट्न बैंकले उच्चतम धितो मुल्यांकन तथा न्युनतम कागजात सहितको ज्योति परिवर्तनकारी कर्जा नागरिकहरुको लागि ल्याएको हो ।

सोहि अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको ‘न्यानो नानी’ परियोजना-२ को लागि सहयोग प्रदान गरेको छ । बैंकले नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १२ वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाउन सहयोग गर्ने भएको छ ।

बैंकको तर्फबाट सञ्चालक समितिका सदस्य तथा बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमहरु सञ्चालन गर्न निर्मित हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्र बहादुर नेपालीले राष्ट्रिय आविष्कार केन्द्रको ‘न्यानो नानी’ परियोजनाको लागि १० लाख २० हजार प्रदान गरेका थिए । साथै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, बैंकका संस्थापक अध्यक्ष तथा सेयरधनी ध्रुव उप्रेती र संस्थापक सेयरधनी तथा भुतपूर्व अध्यक्ष ध्रुव कुमार भट्टराईको उपस्थिति रहेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK