×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवा विकास बैंकको दुम्किबास शाखा स्थानान्तरण, सहज र छरितो रुपमा सेवा प्रदान गर्ने उद्देश्य

  • अर्थ सरोकार सम्बाददाता
नवलपरासी । कामना सेवा विकास बैंक लिमिटेडको नवलपरासी जिल्ला विनयी त्रिवेणी गाउंपालिका वडा नं. १ दुम्किबासस्थित दुम्किबास शाखा कार्यालय स्थानान्तरण भएको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न शाखा कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालित भवनदेखि करिव ५० मिटर उत्तरतर्फ न्यू विशाल पुस्तक पसलको ठिक अगाडिको भवनमा उक्त शाखा स्थानान्तरण भएको हो ।
हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले उक्त स्थानान्तरित शाखा कार्यालयको समुद्घाटन गरेका हुन् । सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ,एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२७ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: