×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच सम्झौता

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

कामना सेवा विकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच सम्झौता

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १ अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ हजार अंकित दरका १० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो । उक्त ऋणपत्र बिक्री गर्नको लागि बैंकले बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बिक्री प्रबन्धकको नियुक्ति सम्बन्धमा मिति २०७८, असार २८ गतेका दिन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस बैंकको संस्थापकहरुमा सरकारी सेवा, विभिन्न संघ संस्थाहरुमा आवद्ध एवं व्यवस्थापनमा राम्रो अनुभव तथा व्यावसायिक दख्खल भएका प्रतिष्ठित व्यवसायीहरु संलग्न छन् । ग्राहकहरुलाई समयसापेक्ष उत्कृष्ट सेवासुविधाहरु उपलब्ध गराउँदै आइरहेको यस बैंकले हाल १२८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउन्टर तथा ७० वटा एटिएममार्फत आफ्नो सेवाहरु प्रवाह गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: