Skip to content
LAXMI SUNRISE BANK

प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रुपैयाँ बोनस पाइने, यस्तो छ प्रकृया

अर्थ सरोकार

  • अर्थ सरोकार सम्वाददाता

काठमाडौं ।  प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रुपैयाँ बोनस पाइने भएको छ । एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले खल्तीले उक्त बोनस अफर ल्याएको हो । अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा सो मात्राको बोनस दिने भएको हो । यो योजना जुलाई १६ देखि ३१ तारिखसम्म खल्तीसँग प्राईम बैंक लिंक गर्ने जोकोहिलाई लागु हुन्छ ।

उक्त अफरको सन्दर्भमा खल्ती डिजिटल वालेटका ब्राण्ड तथा मार्केटिंग प्रबन्धक शिरिष श्रेष्ठका अनुसार महामारीको समयमा घरबाटै सबै किसिमको बिल भुक्तानी डिजिटल माध्यम बाट गर्न प्रोत्साहित गराउन उक्त बोनस अफर ल्याएका छौ, यस सेवा मार्फत ग्राहकवर्गले घरिघरि पैसा लोड गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन्, साथै लिंक गरिएको बैंकबाट खल्तीमार्फत अर्को बैंक मा केहि सेकेन्ड मै रकम ट्रान्सफर सकिने सुविधा भएको हुँदा हाल यो सेवा धेरैको रोजाइमा रहेको बताए ।

यो बोनस अफर पहिलो पटक प्राईम बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ । लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी अनिवार्य भेरीफाइ गराएको हुनुपर्छ । त्यसै गरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ ।

‘हामीले महामारीको समयमा घरबाटै सबै किसिमको बिल भुक्तानी डिजिटल माध्यम बाट गर्न प्रोत्साहित गराउन उक्त बोनस अफर ल्याएका हौं, यस सेवा मार्फत ग्राहकवर्गले घरिघरि पैसा लोड गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन्, साथै लिंक गरिएको बैंकबाट खल्तीमार्फत अर्को बैंक मा केहि सेकेन्ड मै रकम ट्रान्सफर सकिने सुविधा भएको हुँदा हाल यो सेवा धेरैको रोजाइमा रहेको हामीले पाएका छौं,’ उक्त अफरको सन्दर्भमा खल्ती डिजिटल वालेटका ब्राण्ड तथा मार्केटिंग प्रबन्धक शिरिष श्रेष्ठले बताए ।

प्राईम बैंक अकाउन्ट खल्ती सँग कसरी लिंक गर्ने

● खल्तीको होम स्क्रिनमा देखाइएको “मोर” अप्सनमा गई लिंक बैंक अकाउन्ट मा ट्याप गर्ने
● उपलब्ध बैंकहरु मध्ये “प्राईम बैंक” सेलेक्ट गर्ने
● आवश्यक सबै विवरणहरु भरि “सब्मिट” बटनमा थिच्ने
● अब रजिस्टर गरिएको मोबाइल मा प्राप्त वान टाइम पासवर्ड ९ओटिपी० दाखिला गरी खल्ती खातासँग आफ्नो प्राईम बैंक अकाउन्ट सफलतापूर्वक लिंक गर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK