काठमाडौं । खल्ती डिजिटल वालेटले नँया अफर योजना ल्याएको छ । कम्पनीले खल्तीमा रजिष्टर मोबाइल नम्बर टपअपमा १० प्रतिशत क्यासब्याक अफर योजना ल्याएको हो । यस अफरले मोबाइल टपअप गर्न रिचार्ज कार्ड स्क्रयाच गर्नुपर्ने झन्झटलाई न्युनिकरण गर्न र ग्राहकहरुको पैसा र समयको बचत गर्न उक्त अफर संचालनमा ल्याईएको खल्तीले जनाएको छ । यो अफर टपअप सेवामा हालसम्म नेपालकै सबैभन्दा बढी प्रदान गरिएको क्यासब्याक रहेको कम्पनीको दाबी छ ।
एनसेल, नेपाल टेलिकम, र स्मार्टको टपअपमा लागु हुने यो अफर अन्तर्गत क्यासब्याक पाउन केवाईसि भेरिफाइड रहेको खल्ती आईडीकै नम्बरबाट सोही नम्बरमा रिचार्ज गर्नुपर्ने हुन्छ । यो अफर सिमित समयावधिको लागि मात्र रहेको छ । हरेक नेपाली महिनाअनुसार एक महिनाको अधिकतम क्यासब्याक १०० हुनेछ भने त्यसपश्चात् १ प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्