×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लस्कर फुड्स डेलिभरि एण्ड सर्भिसेस अब काठमाडौंमा पनि, खानेकुरा सजिलैसँग घरघरमा पुर्याउने लक्ष्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लस्कर फुड्स डेलिभरि एण्ड सर्भिसेस अब काठमाडौंमा पनि, खानेकुरा सजिलैसँग घरघरमा पुर्याउने लक्ष्य

Artha Sarokar

२७ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले काठमाडौंमा आफ्नो सेवा सञ्चालन गरेको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । लस्कर फुड्स कोरोना महामारीकोबीच निस्केको एक प्लेटफर्म हो । भौतिक रुपमा मानिसहरु रेष्टुरेण्टमा उपस्थिति नहुने हुँदा आफूले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले भने, ‘हामीले पहिलो चरणमा देशको राजधानी काठमाण्डौबाट सेवा सञ्चालनमा ल्याएका छौँ । गुणस्तरीय खानेकुरा अनलाइन मार्फत घरमै उपलब्ध गराउने लक्ष्य हाम्रो रहेको छ ।’ लस्कर फुड्सको प्रमुख उद्देश्य ग्राहकले तोकेको समयसिमा भित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु हो ।
काठमाडौं सहरका व्यक्तिहरु व्यस्त हुने गरेको र अनलाइन इ-कर्मस, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएको पाइन्छ । यही कार्यव्यस्त जिन्दगीलाई मध्यनजर गर्दै घरघरमा गुणस्तरीय खानेकुरा पुर्याएर आम ग्राहकलाई सहज, सरल तरिकाले लस्कर फुड्सले डेलिभरी गर्नेमा विश्वस्त प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती रहेका छन् । बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहेपनि लस्कर फुड्स तीबाट भिन्न रहेको ओस्तीले जानकारी दिए । लस्कर फुड्सको काठमाण्डौको विभिन्न ठाउँमा आफ्नै किचेन रहेको र क्षेत्रका आधार मापन गरी सञ्चालन भइरहेको ओस्तीले जानकारी दिए । लस्कर फुड्स गत हप्तादेखि मात्रै सञ्चालनमा आएको र सयौंभन्दा बढी ग्राहकले मन पराइसकेको ओस्तीको भनाइ छ ।
लस्कर फुड्स प्रयोग गर्दा ग्राहकले विभिन्न अफर पाउने छन् । सुरुवाती चरणमा लस्कर फुड्सले खाना पुर्याएको डेलिभरी चार्ज नलिने र दुइमा एक फ्री विरियानी योजना अघि सारेको छ । प्रभु-पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने कम्पनीका निर्देशक मनिष सिंहले जानकारी दिए । ठमेल पकनाजोल स्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट आफूलाई मन पर्ने खाना मगाउन सकिने प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती बताउँछन् । कार्यालयको सम्पर्क नम्बर ९८२४११६९२६, ९८०१३०६९२६ रहेको छ । अधिकांश ग्राहकको रोजाइमा मःमः, पिज्जा र चाउमिन पर्ने गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी