×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसूरको मुद्दामा फरार प्रतिवादी पक्राउ, ५ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंकिङ कसूरको मुद्दामा फरार प्रतिवादी पक्राउ, ५ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर

Artha Sarokar

१२ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले ३५ वर्षिय लक्ष्मण गिरीलाई सोमबार कलंकीबाट पक्राउ गरेको हो  ।
उच्च अदालत पाटनको २०७७ चैत १६ गतेको फैसलाले उक्त मुद्दामा ५ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही उनि फरार हुँदै आएका थिए ।
गिरीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी बैंकिङ कसूरजन्य अपराध गरेका थिए र उनलाई फैसला कार्यान्वयनको लागि आज मंगलबार अदालतमा पेस गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी