×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२८ गतेदेखि लक्ष्मी बैंकको २० लाख कित्ता ऋणपत्र बिक्री खुला हुँदै, ८ लाख कित्तामा सर्वसाधारणहरुले आवेदन दिन पाउने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । असार २८ गतेदेखि लक्ष्मी बैंकले २० लाख कित्ता ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँको १ हजार रुपैयाँ अंकित मूल्यमा ‘लक्ष्मी ऋणपत्र २०८८’ जारी गर्न लागेको हो । बैंकले कुल ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणलाई छुट्याएको छ भने बाँकी १२ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 
लगानीकर्ताले यस  ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाउनेछन् । यसमा असार ३१ गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ३१ गतेसम्म सबै ऋणपत्र बिक्री नभएमा साउन ११ गतेसम्म बिक्री खुला हुनेछ । ऋणपत्र निष्कासनमा सिभिल क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: