×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जेठ मसान्तसम्मको रिपोर्ट : बीमाशुल्क आर्जन गर्ने मामलामा कुन जीवन बीमा कम्पनी कति अब्बल ? (विस्तृत विवरणसहित)

काठमाडौं । १९ जीवन बीमा कम्पनीहरुले एक खर्ब २ अर्ब रुपैयाँ कुल बीमाशुल्क आम्दानी गर्न सफल भएका छन् ।  चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा कम्पनीहरुले खर्बभन्दा बढी बीमा शुल्क आम्दानी गर्न सफल भएका हुन् ।
बीमा समितिले १९ वटा जीवन बीमा कम्पनीहरुले ११ महिनासम्ममा एक खर्ब दुई अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको जनाएको हो । बीमाशुल्क संकलन गर्नेमा सबैभन्दा पहिलो नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीले जेठ मसान्तसम्ममा २७ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।
दोस्रोमा आईसी नेपालले १४ अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कूल बीमा शुल्कको आधारमा तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको ११ महिनाको अवधिसम्ममा नौ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ ।
यस्तै राष्ट्रिय बीमा संस्थानले  २६ करोड, युनियन लाइफले ५ अर्ब ७ करोड, एसियन लाइफले ५ अर्ब ४ करोड, मेट लाइफले ४ अर्ब ५५ करोड, सुर्य लाइफले ३ अर्ब ६१ करोड, प्राइम लाइफले ३ अर्ब ३५ करोड, गुराँस लाइफले ३ अर्ब १७ करोड, सिटिजन लाइफले २ अर्ब ८७ करोड, रिलाइबल नेपाल लाइफले २ अर्ब ६४ करोड, ज्योति लाइफले २ अर्ब ६१ करोड,  आइएमई लाइफले २ अर्ब ९ करोड, सन् नेपाल लाइफले १ अर्ब ८६ करोड बीमाशुल्क संकलन गरेका छन् ।
समितिका अनुसार ११ महिनाको अवधिसम्ममा सबैभन्दा कम बीमाशुल्क आर्जन गर्ने कम्पनीमा सानिमा लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । सानिमा लाइफले जेठ मसान्तसम्ममा एक अर्ब ६६ करोड रुपैयाँ, प्रभु लाइफले एक अर्ब २१ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ७६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: