×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्टरनेट सेवा प्रदायक लुप नेटवर्क प्राइभेट कम्पनबाट पब्लिक कम्पनीमा रुपान्तरण, दुई बर्षभित्र आईपीओ जारी गर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

इन्टरनेट सेवा प्रदायक लुप नेटवर्क प्राइभेट कम्पनबाट पब्लिक कम्पनीमा रुपान्तरण, दुई बर्षभित्र आईपीओ जारी गर्ने

१३ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विगत पाँच बर्षदेखि प्राइभेट कम्पनीको रुपमा इन्टरनेट सेवा प्रदान गर्दै आएको यस लुप नेटवर्क प्रा.लि.पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । कम्पनीले दुई बर्षभित्र सर्वसाधारणका लागि समेत प्राथमिक आईपीओ निष्कासन गर्ने गरी कम्तिमा एक अर्ब रुपियाँ लगानी गर्ने योजना अघि बढाएको छ । कम्पनीले यस्तो लगानी पाँच बर्षभित्र गरिसक्ने छ । कम्पनीले आक्रामक बजार विस्तारको रणनीतिका आउँदो पाँच बर्षभित्र नम्बर वान आईएसपी (इन्टरनेट सेवा प्रदायक) बन्ने लक्ष्य लिएको छ ।

अहिलेको ग्राहक आधारलाई पनि गुणात्मक रुपमा वृद्धि गरी पाँच बर्षभित्र एकदेखि डेढ लाख ग्राहक आधार पुर्याउने लक्ष्य कम्पनी रहेको छ । अहिले लुप नेटवर्कको फाइबरनेट सर्भिस काठमाडौं सहित नवलपरासी, धनुषा लगायतका स्थानमा विस्तार भएको छ । यी जिल्लामा लुप नेटवर्कको ठूलो उपस्थिति छ भने पूर्वमा विस्तार हुने क्रममा छ । प्रदेश ५ को बर्दघाटदेखि भुमई हुँदै परासी र आसपासका क्षेत्र, भैरहवा, प्रदेश २ को ढल्केबर, जनकरपुर, जलेश्वरमा लुप नेटवर्कको राम्रो उपस्थिति रहेको छ । पूर्वमा विराटनगर, दमक, उर्लाबारी लगायतका क्षेत्रमा पनि सेवा विस्तार भइरहेको छ ।

शहरभन्दा ग्रामिण क्षेत्रमा बढि सेवा दिइरहेकोले अब शहर र ग्रामिण क्षेत्र दुवैमा प्रतिस्पर्धी ढंगले सेवा विस्तार गरिनेछ । इन्टरनेट सेवासँगै नेट टिभीसमेत उपलब्ध गराउँदै आएको लुप नेटवर्कले आगामी दिनमा आफ्नै टेलिभिजन सेवाको आधार तयार गर्ने कुरामा पनि गृहकार्य गरिरहेको छ । त्यो नहुँदासम्म नेट टिभीसँगको साझेदारीमा कम्पनीले टेलिभिजन सेवा दिनेछ । अझै पनि फिक्स ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच झण्डै ८०-८५ प्रतिशत विस्तार हुन बाँकी रहेकाले बजार विस्तार गरी नम्बर १ हुन लुप नेटवर्कलाई समस्या पर्ने देखिन्न ।

शहरी क्षेत्रमा ग्राहक तान्न केही प्रतिस्पर्धा भएपनि राम्रो सेवा प्रतिस्पर्धी मूल्यमा दिने हो भने बजार विस्तारमा समस्या नहुने देखिन्छ ।  नयाँ ढंगले अघि बढ्ने क्रममा लुप नेटवर्कले नयाँ प्रविधिको प्रयोग गर्ने तयारी पनि गरेको छ । कम्पनीले हुवावे, जेटीई र नोकियामध्ये कुनै एक प्रविधिको डिभाइस प्रयोग गर्नेछ । अहिलेको प्रतिस्पर्धी समयमा उच्च गुणस्तरको प्रविधिमार्फत अघि बढ्न लागेको कम्पनीले जनााएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: