×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माछापुच्छ्रे बैंकले ३० लाख इकाई र लक्ष्मी बैंकले २० लाख इकाई ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पाए अनुमति

  • अर्थ सरोकार सम्बाददता
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकले ऋणपत्र बिक्री गर्न अनुमति पाएका छन् । माछापुच्छ्रेले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो भने लक्ष्मीले १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो ।
माछापुच्छ्रे बैंकको ३० लाख इकाईमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यो ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ । ऋणपत्र बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।
यस्तै लक्ष्मी बैंकले ८ लाख इकाई सर्वसाधारणका लागि खुला गर्नेछ भने बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: