
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र संचालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छिन् । बैंकको असार १८ गते बसेको संचालक समितिको बैठकले असार २१ गते सोमबारदेखि लागु हुने गरी उनलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।
बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैंकिङ अनुभव रहेको श्रेष्ठले स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ क्षेत्रमा प्रवेश गरेकी थिएन् भने तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृत सम्मको अनुभव पनि बटुलेकी छिन् । व्यवसाय प्रशासनमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेकी श्रेष्ठ Nepal Finance Institution Association र Development Banker’s Association मा लामो समयसम्म आवद्ध रहेकी थिईन् । त्यसै गरीे विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताको रुपमा पनि काम गरीसकेकी छिन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्