काठमाडौँ । केहि समयअघि मात्र नयाँ सीइओ पाएको र बेला बेला अनेक कारणले विभिन्न लफ’डा आइपर्ने महालक्ष्मी बिकास बैंकले ५१ प्रतिशत नाफा बढाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी सामान्य बढेको देखिएको छ भने बैंकको खुद नाफा ७१ प्रतिशत बढेको छ।
कम्प्लाइन्समा निकै कमजोर मानिएको यो बैंकको प्रकाशित विवरण अनुसार गत असार मसान्तसम्ममा बैंकले ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकको यस्तो नाफा ७१.०२ प्रतिशत बढेको हो। यद्यपी यो नाफा बढ्नुको कारण बैंकको पर्फर्मेन्स राम्रो भएर भन्दा पनि नउठेको ऋण उठेर रहेको बुझिएको छ । त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी समीक्षा अवधिमा १.५० प्रतिशत मात्र बढेको छ। यसले पनि बैंकको प्रगति खासै गतिलो छैन भन्ने प्रष्ट देखिन्छ ।
बैंकको इम्पेरमेन्ट चार्जमा केही कमी आएका कारण पनि बैंकको नाफा बढेको देखिन्छ । प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८.८० प्रतिशत बढेको छ भने जगेडा कोष २६.१३ प्रतिशत बढेको छ। त्यस्तै बैंकको निक्षेप गत १ वर्षमा ४.४१ प्रतिशत र कर्जा २.२७ प्रतिशत बढेको छ । खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ भने समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९८ पैसा बढेको छ । असार मसान्तसम्ममा बैंकको पीई रेशियो २०.२९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ७५ पैसा रहेको छ । यता समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.८ प्रतिशतबाट बढेर ३.३२ प्रतिशत पुगेको छ भने आधार दर ९.९५ बाट ७.२८ र स्प्रेड दर ४.३५ बाट ४.५३ पुगेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्