×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मनकामना स्मार्टको आइपीओमा ९ लाख ९६ हजार ३३८ जनाले दिए १ करोड ३३ लाख ४७ हजार २२० कित्ताका आवेदन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आइपीओमा ३६.७२ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार बिहान १०ः३० बजेसम्ममा ९ लाख ९६ हजार ३३८ जना आवेदकबाट १ करोड ३३ लाख ४७ हजार २२० कित्ताका लागि आवेदन परेको छ । जुन माग गरिएको भन्दा ३६.७२ गुणा बढी हो । 
मनकामना स्मार्टले १७ गतेदेखि १०० रुपैयाँ दरको कुल ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ०.५% अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५% ले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । 
बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो । मनकामनाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले छिटोमा असार २१ गतेसम्म आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा तथा मेरो सेयरमार्फत अनलाइन आवेदन  दिन सक्नेछन् । यस आइपीओमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: