×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त, कति पाउल ओपनिङ रेञ्ज ?

GLOBAL IME BANK
SHREE KESH

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त, कति पाउल ओपनिङ रेञ्ज ?

३ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, सेयरवालाहरुको लगत अद्यावधिक गर्नेलगायतका धितोपत्र सम्बन्धी सम्पूर्ण कार्य एनएमबि क्यापिटल नागपोखरीमार्फत हुनेछ ।
लघुवित्तले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता सेयर निष्काशन गरेर असार २८ गते बाँडफाँड गरेको छ । कम्पनीको धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्न बाँकी रहेको छ । नेप्सेले पहिलो कारोबारका लागि वास्तविक प्रतिसेयर नेटवर्थदेखि तीन गुणासम्मको ओपनिङ कारोबार रेञ्ज तोक्ने गरेको छ ।
पछिल्लो परिस्कृत वित्तीय विवरण अनुसार पहिलो कारोबारका लागि कम्पनीले प्रतिकित्ता ११०.८४ देखि ३३२.५२ रुपैयाँसम्मको मूल्य रेञ्ज पाउनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: