अर्थ सरोकार सम्बाददाता
काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ आर्थिक वर्षको सुरुवाती शाखा प्रमुखहरुलाई तालिमको व्यवस्था गरेको छ । महोत्तरीको बर्दिवासस्थित होटल विनायकमा बर्दिवास ब्लक तथा वरपरका १८ वटा शाखाका शाखा प्रमुखहरुलाई व्यवसाय प्रर्वद्धन तथा शाखा व्यवस्थापन तालिम श्रावणको १ र २ गते सम्पन्न गरेको हो ।
संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपाने, सहायक कार्यकारी प्रमुख विर्ख बहादुर बोहरा एवं योजना, असुली तथा तालिम विभाग प्रमुख राजेश श्रेष्ठले शाखा प्रमुखहरुलाई नयाँ आर्थिक वर्ष २०७८/७९ को रणनीति, व्यवसाय विस्तार, क्षमता अभिबृद्धि, शाखा तथा जोखिम व्यवस्थापन लगायतका विषयवस्तुहरु प्रशिक्षण दिएका हुन् । बर्दिवास ब्लक स्टेशन प्रमुख रबि मल्लाहले संचालन तथा कलैया ब्लक स्टेशन प्रमुख राम किशोर चौधरीले संयोजन गरेको तालिममा शाखा प्रमुखहरुले नयाँ आर्थिक वर्षको सुरुवातीमै आगामी वर्षको रणनीति एवं क्षमता अभिबृद्धि हुने खालको तालिमले यो वर्षको लक्ष्य हासिल गर्नको लागि सहज भएको बताए ।
त्यसैगरि श्रावण २ गतेबाट संस्थाको सुदुरपश्चिम क्षेत्र अमरगढीमा पनि शाखा प्रमुखहरुको लागि व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापन तालिम सुरु गरेको छ । उक्त तालिममा बौनिया क्षेत्रका क्षेत्रीय प्रमुख बेद प्रसाद आचार्य लगायतले तालिम दिइरहेका छन् । कर्मचारीहरु नै संस्थाको मुख्य सम्पत्ती भएको हुँदा कर्मचारीहरुलाई समय सापेक्ष सीपालु एवं दक्ष बनाउनको लागि यस्ता किसिमका तालिमहरुको नियमित आयोजना गर्दै जाने संस्थाका सहायक कार्यकारी प्रमुख विर्ख बहादुर बोहराले बताए । यस आर्थिक वर्ष मिर्मिरेको उत्कृष्ट कार्य प्रगति वर्ष बनाउनको लागि सुरुवातीबाट नै लागि परेको निमित्त प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्