
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साउन ७ गतेदेखि मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले वार्षिक ८.७५% ब्याजदरमा ७ वर्ष अवधिको मुक्तिनाथ विकास बैंक डिबेन्चर जारी गर्न लागेको हो । बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा १२ लाख ५० कित्ता ऋणपत्र जारी गर्न लागेको हो ।
जसमा ५ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् भने बाँकी ७ लाख ५० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल मार्केटले गर्नेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।
ऋणपत्रमा सी–आस्वा, मेरो सेयर तथा तोकिएको बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्