- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मुक्तिनाथ क्यापिटलले आफ्ना हितग्राहीलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटल क्यापिटल, मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालयमार्फत डिम्याट खाता खोलेका हितग्राहीलाई आर्थिक वर्ष २०७७/२०७८ सम्म डिम्याट सञ्चालन गरेवापत वार्षिक शुल्क एक सय बुझाउन अनुरोध गरेको हो ।
हितग्राहीले असार मसान्त भित्र E-Sewa, Khalti, IME Pay र Connect IPS मार्फत उक्त शुल्क बुझाउन सक्नेछन् । यस्तै तोकिएको समयावधि असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरे हितग्राहीको डिम्याट खाता सिस्टमबाटै रोक्का हुने कम्पनीले जनाएको छ ।