×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक ३७औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा ल्यायो स्मार्ट बैंक तथा लकरहरुमा ३७ दिनभरी छुटै छुट योजना

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नबिल बैंक ३७औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा ल्यायो स्मार्ट बैंक तथा लकरहरुमा ३७ दिनभरी छुटै छुट योजना

२९ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंकले ३७औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि कार्ड, स्मार्ट बैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित ‘३७ डेज अफ ह्यापीनेस’ अफर ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकले आज देखी ३७ दिन सम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्ट बैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको छ ।
उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध भएको हुनाले, नबिल बैंकको नजिकको शाखामा गई ग्राहकहरुले खाता खोलि अफरको लाभ लिन सक्नेछन् । सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।
यस्तै १३५ शाखा, १८३ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ युगको सुुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: