
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ति) गर्ने प्रक्रिया पूरा भएको छ । प्राप्ति प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको छ । आज आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्स का अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल र बसन्त कुमार चौधरीले एकीकृत कारोबार सुभारम्भ गरेका हुन् ।
नबिल बैंकका अध्यक्ष पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । ‘यो प्राप्तीले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ अध्यक्ष पौड्यालले भने ।
युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पूँजी रु. १३ अर्ब ८४ करोड पुग्नेछ भने कुल पूँजी कोष रु ३२ अर्ब ६८ करोड हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल वृद्धि भइ १३५ हुनेछ भने एटिएम संख्या १८३ हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्