Skip to content
LAXMI SUNRISE BANK

नबिल बैंकले पनि खोल्यो ब्रोकर कम्पनी, सेयर किनबेच गर्ने उद्देश्य

अर्थ सरोकार

काठमाडौं ।  नबिल बैंकले सेयर किनबेच गर्ने उद्देश्य राखेर नयाँ कम्पनी दर्ता गरेको छ। बैंकले सोमबार मात्रै कम्पनी रजिष्ट्रार कार्यालयबाट कम्पनी दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। सोमबार कम्पनीले (नबिल सेक्युरुटिज) को नाममा कम्पनी दर्ता भएको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ।

उसले कम्पनी दर्ताको रजिस्ट्रेषन नम्बर २६४८७० मार्फत दर्ता प्रमाणपत्र पाएको कार्यालयले जनाएको छ। नबिलले सेयर किनबेच गर्ने,स्टक डिलर र सेयर ब्रोकरेजको रुपमा काम गर्ने प्रमुख उद्देश्य राखेर कम्पनी दर्ता गरेको कार्यालयको भनाई छ ।  नबिल बैंक सँगै पछिल्लो समय ब्रोकरेज कम्पनीको काम गर्ने गरी अरू पनि कम्पनी दर्ता हुन आएको कार्यालयको भनाइ छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK