Skip to content
LAXMI SUNRISE BANK

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नाडा प्रतिनिधि मण्डलबीच छलफल, समस्यामा परेका व्यवसायीहरुको सहजीकरण गर्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोभिड १९ को कारण ठूलो समस्यामा परिरहका व्यवसायीहरुको सहजीकरण गर्ने सम्बन्धमा विभागमा छलफल भएको नाडाले जनाएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्सिय नाडा प्रतिनिधि मण्डलले असाढ २३ गते बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलसँग भेटी अटोमोवाइल व्यवसायका समसामयिक विषयहरुमा पनि छलफल गरेको नाडाले जनाएको छ ।
उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दे आएको भन्दै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु बारे छलफल गरेका छन् । उक्त छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखा परेका समस्याहरु बारे अवगत गराए । त्यसैगरी नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टसहको आयातको सम्बन्धमा देखा परेका विभिन्न समस्याहरु राख्दै एक्जीम कोडको नविकरण ५ बर्षका लागि नविकरण हुने व्यवस्था रहेकोमा व्यापारिक फर्म कम्पनीहरुलाई पनि सो सुविधा दिनु पर्ने तथा नयाँ एक्जीम कोड लिदा बैंक ग्यारेण्टी राख्नुपर्ने भए पनि पुराना फर्महरुले बैंक ग्यारेण्टी राख्नुनपर्ने व्यवस्थाका लागि समेत आग्रह गरे ।
उक्त छलफलमा नाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतिले भारतबाट उच्च गुणस्तरका लुव्रिकेण्टसहरु मात्र आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गरे । छलफलको अन्तमा विभागका महानिर्देशक प्रकाश पौडेलले अटोमोवाइल क्षेत्रमा ज्वलन्त रुपमा के के समस्याहरु छन् त्यसलाई बुंदागत रुपमा विभागमा पठाउन समेत अनुरोध गरेका छन् । सो छलफलमा विभागका तर्फबाट विभागका प्रवक्ता शिवराज सेढाई समेतको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्र उप्रेति र सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK