×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ मन्त्री जनार्दन शर्मा तथा नाडा प्रतिनिधि मण्डलबीच छलफल, कोभिड विरुद्धको खोपको व्यवस्था गरि दिन आग्रह

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अर्थ मन्त्री जनार्दन शर्मा तथा नाडा प्रतिनिधि मण्डलबीच छलफल, कोभिड विरुद्धको खोपको व्यवस्था गरि दिन आग्रह

३१ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ५ सदस्सिय नाडा प्रतिनिधि मण्डलले २०७८ साल आषाढ ३१ गते नव नियुक्त अर्थ मन्त्री जनार्दन शर्मालाई शुभकामना दिँदै अटोमोवाइल व्यवसायका समसामयिक विषयहरुमा छलफल गरेको नाडाले जनाएको छ । उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दे आएको बताउँदै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरुबारे आफ्नो धारणा राखे ।
सो छलफलमा अध्यक्ष दुलालले अटोमोवाइल क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरहरुका लागि छिटो कोभिड विरुद्धको खोपको व्यवस्था गरि दिन आग्रह गरे । नेपालमा लोकलमा उत्पादित अटोमोवाइल स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु बढी आयात भइरहेको सन्दर्भमा उच्च गुणस्तरका स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गरे । त्यसैगरी सो छलफलमा अध्यक्ष दुलालले आउँदो २०७८/७९ को मौद्रिक नीति अटोमोवाइल व्यवसायी मैत्री आउने आशा व्यक्त गरे ।
त्यसैगरी उपाध्यक्ष करण चौधरीले बढ्दो क्रममा रहेको सवारी साधनहरुको आयात नेपाल राष्ट्र बैंकले सवारी साधनहरुको बिक्रिमा लगाएको ५० प्रतिशतको क्यापको कारण आर्थिक बर्ष २०७३/७४ देखि नै सवारी साधनहरुको आयात क्रमशः घटन थालेको जानकारी दिएका छन् । त्यसैगरी नेपालको सार्वजनिक यातायात राम्रोसँग चल्न नसकेको सडकको अवस्था पनि राम्रो नरहेको जानकारी पनि दिएका छन् । । सो भेटघाट तथा छलफलमा महासचिव सुनिल रिजालले आयात गरिने विल कम्प्युटराइज्ड गरिएको खण्डमा अनाधिकृत आयातलाई रोक्न सहज हुने बताए ।
उक्त छलफलमा अर्थ मन्त्री जनार्दन शर्माले सरकारले सबै नेपाली जनतालाई नै सर्वशुलभ रुपमा खोप उपलब्ध गराउने जानकारी दिदै नेपाल मै अटोमोवाइल उद्योग स्थापना गर्न नाडालाई आग्रह समेत गरे । साथै त्यसलाई अघि बढाउन सरकारबाट आवश्यक सहयोग प्राप्त हुने आश्वासन समेत दिएका छन् । त्यसै क्रममा उनले नेपालको अटोमोवाइल क्षेत्रमा के कस्ता समस्याहरु छन् ती सबै एकैसाथ उल्लेख गरेर पठाउन समेत नाडाका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । सो छलफलमा नाडाका सचिव अनुप बराल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: