×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगान कोषको २६औं वार्षिक साधारणभा सम्पन्न, प्रस्तावित १७.८९४७ प्रतिशत नगद लाभांश पारित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नागरिक लगान कोषको २६औं वार्षिक साधारणभा सम्पन्न, प्रस्तावित १७.८९४७ प्रतिशत नगद लाभांश पारित

१९ असार २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नागरिक लगानी कोषले २६औं वार्षिक साधारणभा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न गरेको छ । सभाले आर्थिक बर्ष २०७६/७७ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९४७ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ ।त्यसैगरी आ.ब २०७६/७७ को वार्षिक प्रतिवेदन माथी छलफल गरी पारित गरेको छ । यो संगै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण तथा रोकथाम नियन्त्रणका लागि अवलम्बन गरिएको लकडाउनको विषम परिस्थितीको बाबजुद सेयरधनीलाई भर्चुअल रुपमा सहभागी गराइएको थियो । कोषले आधुनिक र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्ने बिगत लामो समय देखिको आकांक्षालाई मुर्तरुप दिई यो वर्ष आफ्नै भवन भित्रबाट भुर्चयल संचालन गरेको हो । कार्यक्रममा कार्यकारी निर्देशक रमण नेपालले कोषको बस्तुस्थिती बारे जानकारी दिएका थिए ।
चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा कोषले १ खर्व ७२ अर्व रकम संकलन र १ खर्व ७१ अर्व ९७ करोड लगानी गरेको छ । यस आवमा कोषको पूँजी बृद्धि हुनका साथै कारोबार विस्तार भई विगत देखि संचालन हुँदै आएका कोषहरु, हिसाब योजना तथा पुँजी बजार सम्बन्धी सेवा समेत निरन्तर रुपमा सञ्चालन भईरहेका छन् । कोषको आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रहेको छ । खुद नाफा मध्ये बाँडफाँड योग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रहेको छ । कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्वेश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु गरीसकेको छ ।
देशको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्वेश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार सुरु भएको छ । कोषद्वारा संचालित सम्पूर्ण कार्यक्रममा एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्ण रुपमा लागू गरिएको छ । साथै नेपाल सरकारको सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा आदान प्रदान गर्ने कार्य सम्पन्न भएको छ । नयाँ सफ्टवेयरको प्रयोगको लागि आवश्यक उपकरणहरु खरिद गरी कोषको प्रणालीमा जडान गरिसकिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: