×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश वितरणको एजेन्डा पारित गर्ने उद्धेश्यसहित नेको इन्स्योरेन्सको वार्षिक साधारणसभा बिहिबार बस्दै, कहाँ हुँदैछ ?

PRIME CA
GLOBAL IME BANK

लाभांश वितरणको एजेन्डा पारित गर्ने उद्धेश्यसहित नेको इन्स्योरेन्सको वार्षिक साधारणसभा बिहिबार बस्दै, कहाँ हुँदैछ ?

२९ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेको इन्स्योरेन्सको वार्षिक साधारणसभा बिहिबार (असार ३१ गते)  हुने भएको छ । सभा नेकोको भवन ज्ञानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने भएको हो ।
सभामा कम्पनीले १५.५% बोनस सेयर र कर तिर्न ०.८२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ । आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।
सभाका लागि असार १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरिएको छ । जसमा असार १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: