
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बंगलादेश बैंकले मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ । नेपाल बंगलादेश बैंक, आर एण्ड डि इनोभेटीभ सोलुसन प्रा.लि, मकवानपुरगढी गाँउपालिका र मकवानपुरगढी गाँउपालिका सहकारी समन्वय समितिबीच भएको चौपक्षिय सम्झौता अनुसार मकवानपुरगढीे गाँउपालिकाको अध्यक्ष बिदुर हुमागाईंबाट किसान कृषि लोन कार्ड हस्तान्तरण गरी मिति २०७८।०३।२५ बाट लगानिको सुरुवात गरिएको हो ।
यसबाट पहिलो चरणमा मकवानपुरगढी गाँउपालिका बडा नं ३ का २५ जना कृषकहरु लाभान्वित हुने बैंकले जनाएको छ । यस योजना अन्तर्गत बिनाधितो, एकैप्रकारको ब्यासाय गर्ने र एउटै क्षेत्रका किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ । कृषकहरुले कर्जाको साथै त्यतिनै सीमा बराबरको क्यू आर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् । उक्त कार्डबाट कृषकहरुले सामान खरीद गर्दा कार्डको क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन् । नगदरहित विद्युतिय भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकहरुलाई पनि समेटेर यो योजना ल्याएको बैंकले जनाएको छ ।
बैंकले पहिलो चरणमा Pilot Project को रुपमा मकवानपुरगढीे गाँउपालिकाबाट सुुरु गरी नेपाल अधिराज्यभरीनै यस किसिमको कर्जा बिस्तारित गर्दै ग्रामिण भेगका कृषकहरुलाई विद्युतिय माध्यमबाट बैंकिङ कारोबार गर्न प्रोत्साहन गर्नुका साथै कृषकहरुको जीवनस्तर उकास्न सहयोग गर्ने पनि जानकारी गराएको छ । हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ सुविधा दिंदै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्