×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकद्धारा मोबाइल एप सार्वजनिक, डेपुटी गभर्नर डा.नीलम ढुङ्गानाद्धारा शुभारम्भ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल राष्ट्र बैंकद्धारा मोबाइल एप सार्वजनिक, डेपुटी गभर्नर डा.नीलम ढुङ्गानाद्धारा शुभारम्भ

Artha Sarokar

३१ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले मिति २०७८ असार ३० गते नेपाल राष्ट्र बैंक मोबाइल एप सार्वजनिक गरेको छ । बुधबार आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गरेका हुन् ।
बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्कलगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न सकिनेछ । मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ । उक्त एप हालको निम्ति ‘बेटा भर्सन’ मा उपलब्ध छ ।
प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लगिनेछ । हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको मोबाइलमा उपलब्ध हुनेछ । उक्त एपलाई क्रमिक रूपमा आइओएस अपरेटिङ सिस्टममा समेत विस्तार गरिनेछ । देहायमा उल्लेखित लिङ्कमार्फत एन्ड्रोइड मोबाइलमा उक्त एप इन्स्टल गर्न सकिनेछ ।
https://play.google.com/store/apps/details?id=np.org.nrb&hl=en
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी