×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिम्याट खाता नविकरण शुल्क बुझाउन नेपाल एसबिआई बैंकको अनुरोध

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

डिम्याट खाता नविकरण शुल्क बुझाउन नेपाल एसबिआई बैंकको अनुरोध

२५ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल एसबिआई बैंकले डिम्याट खाता नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । बैंकले २०७६/७७ सम्म हितग्राही खाता खोलेका खातावालाहरुले हालसम्मको हितग्राही खाता सञ्चालन गरे वापतको वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो ।
हितग्राही खाताधनीहरुले असारमसान्तभित्र कनेक्ट आईपीएस, आइएमई रेमिट, ई-सेवा, खल्ती र प्रभु पे मार्फत वा हालसम्म पनि मेरो सेयर सेवा नलिएका हितग्राहीहरुले बैंकको सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ वा बैंकको कुनैपनि शाखा कार्यालयमा सम्पर्क राखि उक्त शुल्क बुझाउन सक्नेछन् ।
तोकिएको समयावधि भित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने क्यापिटलले जनाएको छ । साथै मेरो सेयर सेवा लिएका हितग्राही खाताधनीहरुले सो सेवा सञ्चालनमा आएको एक वर्ष पूरा भए पश्चात मेरो सेयर सेवाको वार्षिक शूल्क ५० बुझाउन समेत बैंकले आग्रह गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: