Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबिआई बैंकका देशभरका शाखाका कर्मचारीहरु पनि सामाजिक सुरक्षा कोषको विरोधमा उत्रिए !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल एसबिआई बैंकका कर्मचारीले पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा गरिएको व्यवस्था विभेदपुर्ण भएको भन्दै देशव्यापी रुपमा विरोध प्रदर्शन गरेका छन् । बैंकको मुख्य कार्यालयसँगै प्रादेशिक तथा शाखा कार्यालयहरुमा कर्मचारीले विरोध प्रदर्शन गर्दै कोषलाई अनिवार्य नभई ऐच्छिक बनाउन ध्यानाकर्षण गराएका हुन् ।
नेपाल एसबिआई बैंक कर्मचारी संघका अध्यक्ष तुलसीराम दाहालले विरोध कार्यक्रममा २९ बैंक वित्तीय संस्थाले केही दिनअघि मात्र विभेदका बूँदासँगै समग्र विषयमा संशोधन गरेर कार्यान्वयनमा जान कोषलाई ध्यानाकर्षण गराएको विषयलाई केन्द्रमा राखिएको बताए । दाहालले बैंकको शीर्ष व्यवस्थापनलाई पनि कर्मचारीको मागमा अडिग रहेर सघाउन पनि आग्रह गरेका छन् ।
सामाजिक सुरक्षा कोष ऐन, नियमावली तथा कार्यविधिमा यस घि नै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरुले संयुक्त रुपमा पेश गरेका सुझावहरुको सम्बोधन गर्न पनि संघले जोडदार माग गरेको छ । साथै सामाजिक सुरक्षा कोष योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धिहरु समेत गुम्ने खतरा रहेको भन्दै संघले सामाजिक सुरक्षा कोषको ध्यानाकर्षणसमेत गराएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK