×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनबाट नेपाल टेलिकममाथि भयङ्कर ठुलो ‘साइबर अट्याक्ट’, सबैजसो नेपालीको कल डिटेल चोरि !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ असार २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

चीनबाट नेपाल टेलिकममाथि भयङ्कर ठुलो ‘साइबर अट्याक्ट’, सबैजसो नेपालीको कल डिटेल चोरि !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चीनबाट नेपाल टेलिकममाथि भयङ्कर ठुलो ‘साइबर अट्याक्ट’ भएको छ । चिनियाँ ह्याकरहरुले टेलिकममा यस्तो आक्रमण गरी सबै नेपाली नेपाली प्रयोगकर्ताको कल डिटेल चोरिसमेत गरेका छन्  ।
दूरसञ्चार कम्पनीले प्रयोग गरेको ओराकल ग्लाश फिश सर्भर ह्याक गरी चिनियाँ ह्याकरहरुले नेपालीहरुको सबै कल डिटेल चोरी गरेका हुन् । प्राविधिक विज्ञहरुका अनुसार ह्याकरहरूले एड्भान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी) ४१ र एड्भान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी) ७१ ट्याक्टिस र ब्याकडोर वेपन प्रयोग गरेका छन् ।
ह्याकरहरूले टेलिकमको सर्भरबाट एपीटी ४१ र एपीटी ७१ मा सीडीआर डेटा लगेको देखिएको छ । टेलिकमको सर्भरबाट चोरी भएको डेटा बिक्रीका लागि डार्कवेबमा राखेको समेत पाइएको छ । जसमा ले गत जुन २९ मा नै टेलिकमको सीडीआर कल डेटा रेकर्ड २५० अमेरिकी डलरमा बिक्रीमा राखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: