×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

परिसंघमा ७ जना उपाध्यक्ष चयन, औद्योगिकरण विना मुलुकको दीगो विकास असंभव रहेको अध्यक्ष अग्रवालको भनाई

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

परिसंघमा ७ जना उपाध्यक्ष चयन, औद्योगिकरण विना मुलुकको दीगो विकास असंभव रहेको अध्यक्ष अग्रवालको भनाई

१३ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल उद्योग परिसंघमा ७ जना उपाध्यक्ष चयन भएका छन् । परिसंघको विधानमा भएको व्यवस्था अनुसार राष्ट्रिय परिषदका सदस्यहरूमध्येबाट उपाध्यक्षहरू चयन भएका हुन् । परिसंघको गभर्निङ काउन्सिलले उनीहरूलाई उपाध्यक्ष चयन गरेको हो । परिसंघको १८औँ साधारणसभापछि विष्णुकुमार अग्रवालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

यसअनुसार निर्वाण चौधरी (सिजी इलेक्ट्रोनिक्स), कृष्णप्रसाद अधिकारी (चितवन उद्योग संघ), राजेशकुमार अग्रवाल (राजेश मेटल क्राफ्ट), वीरेन्द्रराज पाण्डे (नेपाल आदर्श निर्माण कम्पनी), राजबहादुर शाह (राज ब्रुअर), हेमराज ढकाल (चन्द्रागिरि हिल्स) र रोहित गुप्ता (लक्की नेपाल) परिसंघको उपाध्यक्ष चयन भएका ह्न । मंगलबार परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले उपाध्यक्षहरूको घोषणा गरेका हुन् । परिसंघको विधान अनुसार संस्थापक समूह, प्रतिष्ठानगत समूह र संस्थागत सूमहबाट उनीहरू उपाध्यक्ष भएका हुन् ।

उनीहरूको सपथ ग्रहण मंगलबारनै सम्पन्न भएको छ । कार्यक्रममा परिसंघका अध्यक्ष एमिरेट्स चौधरीले परिसंघलाई निजी क्षेत्रको अग्रणि संस्थाको रूपमा उभ्याउने गरी काम गर्न नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिए । उनले हरेक विषयमा गृहकार्य गरेर अघि बढ्नुपर्ने भन्दै नीति निर्माणमा परिसंघले सकारात्मक हस्तक्षेप अघि बढाउनुपर्ने उल्लेख गरेका छन् । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघका गतिविधि मुलुकमा औद्योगिकरणका निम्ति केन्द्रित हुने बताका छन् । औद्योगिकरण विना मुलुकको दीगो विकास असंभव रहेको भन्दै उनले त्यसमा परिसंघले अब्बल भूमिका निर्वाह गर्ने उल्लेख गरेका छन् ।

यसैगरी परिसंघका निवर्तमान् अध्यक्ष सतिशकुमार मोरले परिसंघका सुझावहरू नीति निर्माणका क्रममा गम्भीरताका साथ लिन थालिएको भन्दै चालु आर्थिक वर्षको बजेटमा समेत महत्त्वपूर्ण सुझाव समावेश भएको उल्लेख गरे । उनले ह्विलिङ चार्ज तिरेर विद्युत उत्पादकबाट उद्योगले विद्युत खरिद गर्न सक्ने तथा
‘मेक इन नेपाल स्वदेशी-अभियान’ बजेटमा समावेश हुनु उल्लेखनीय उपलब्धि भएको बताए ।

परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले परिसंघले जहिले पनि उद्योगीको सामूहिक हितलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरेका छन् । उनले नयाँ नेतृत्वले पनि त्यसैलाई आत्मसात गरी राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिनुपर्ने बताए । कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिलका सदस्य विजयबहादुर शाह एवं राष्ट्रिय परिषद सदस्यहरू अनुज अग्रवाल, भीम घिमिरे, राजु पौडेल र पम्फा धमलाले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए । कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिल र राष्ट्रिय परिषदका सदस्यहरूको उपस्थिति रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: