×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

नेप्सेमा राजनीतिक प्रभाव : आइतबार ७३.३३ अंकले बढेको बजार आज ४५.०६ अंकले घट्यो !

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा पहिरो गएको छ । आइतबार ७३.३३ अंकले बढेको बजार आज सोमबार ४५.०६ अंकले घटेर २८५४.७६ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२९ कम्पनीको २ करोड ६० लाख २१ हजार १०४ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ९८ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार निर्धन उत्थान लघुवित्तको भएको छ । यस कम्पनीको ४७ करोड २६ लाखमाथिको सेयर कारोबार भएको छ । आज म्युचुअल फन्डबाहेक सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै समृद्ध फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने युनियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
यता आज सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । अदालतले २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै सेयर बजारमा यस्तो प्रभाव परेको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal